हुप्सेकोट वाट शैक्षिक भ्रमणमा गएको बस धरानमा दुर्घटना, १६ जना घाइते(नामावली सहित)


कात्तिक २४ गते ।

धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका ४ स्थित जनकल्याण राष्ट्रिय माविको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस यहाँ आएका थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो ।

स्याङ्जाको विधार्थी बोकेको ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि सामान्य क्षति भएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी घाइते भएको प्रहरीको भनाइ छ । उहाँहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।जनकल्याण राष्ट्रिय मावि हुप्सेकोट गाउँपालिका ४ को बसमा सवार विद्यार्थी मध्य ४ जना सामान्य घाईते भएको जनाइएको छ ।

हुप्सेकोट गाउँपालिका ४ का १६ वर्षिय तुल बहादुर राना , १४ वर्षीय एलेक्स थापा , २४ वर्षीय जयन्ती भूजेल, हुप्सेकोट गाउँपालिका १ वस्ने सुनिता कुमारी न्यौपानेको छोरा वर्ष ३ का सुयोग अधिकारी र कावासोती नगरपालिका १ वस्ने सिता भुसाल सामान्य घाईते हुनु भएको छ ।

प्रतिक्रिया