आफैले चलाएको गोली लागी नवलपुरमा कार्यरत नेपाली सेनाका जवानको मृत्यु


मध्यविन्दु (नवलपरासी), १९ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ ।

जिल्लाको कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदिप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो ।

“धादिङ जिल्लाको गल्छी गाउँपालिका ४ घर भई श्री गोरख गण कसरा चितवन दरवन्दि भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैले आफ्नो घाँटीमा गोली हानेको पाइएको छ”,उहाँले भन्नु भयो ।

घटनाको बारेमा जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली अहिले घटना स्थलमा पुगेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया