नारायणी नदीमा डुबेर त्रिवेणीमा एक बालिकाको मृत्यु


मध्यविन्दु (नवलपरासी), १ असार ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को त्रिवेणी स्थित नारायणी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर गम्भीर भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार स्थानीय चन्दन गुप्ताकी १३ बर्सिया छोरी आँचल गुप्ता गण्डक ब्यारेज पुल वाट नारायणी नदीमा खस्दा डुबेर मृत्यु भएको हो ।
गण्डक ब्यारेज पुलमा खेल्ने क्रममा आँचल एक्कासि नदीमा खसेको पौडेलले जानकारी दिनु भयो । उनको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया