नारायणी नदीमा डुबेर तीन वर्षीय बालकको मृत्यु


गैँडाकोट (नवलपरासी), २२ भदौ
नारायणी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–९ थुम्सीका अस्मिता मानन्धरका ३ वर्षीय छोरा सुमन मानन्धरको नदीमा डुबेर मृत्यु हो ।
नारायणी नदी किनारमा रहेको तटबन्धको छेउमा डुबेर गम्भीर घाइते भएका वालकको उपचारको क्रममा गए राती मृत्यु भएको हो ।
शुक्रवार दिउसो नदीमा डुबेका बालकलाई उद्धारपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

प्रतिक्रिया