गैँडाकोटमा बसको ठक्कर बाट एक जनाको मृत्यु एक जना गम्भीर घाइते


गैँडाकोट (नवलपरासी), २१ भदौ,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा बसले पैदल यात्री लाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बर को बसले ठक्कर दिँदा पैदल यात्री गैँडाकोट–११ बस्ने पुष्प राज श्रेष्ठका छोरा सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । सोही बसको ठक्कर वाट बालकको मामा घरको हजुरआमा स्याङ्जा घर भएकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
गम्भीर घाइते श्रीमायालाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

प्रतिक्रिया