त्रिवेणीमा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु


मध्यविन्दु(नवलपरासी),२१ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका ६ साहुमारा स्थित भित्री सडक खण्डमा आज बिहान त्रिवेणी धाम बाट भारत तर्फ जाँदै गरेको ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अम्चुर खोलामा खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भारतको महाराजगन्ज निचलौल टोल ओडवलिया बस्ने ४० वर्षीय प्रकाश भारतीको घटना स्थलमै मृत्यु भएको छ भने २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) मा उपचार भइरहेको छ ।

प्रतिक्रिया