मध्यविन्दुमा सर्प दंशबाट बालकको मृत्यु


मध्यविन्दु(नवलपरासी), २ साउन
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ६ मा सर्प दंशबाट एक जना बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका ६ भडारा बस्ने टोल कुमारी महतोको छोरा १४ वर्षीय आर्यन महतोको सर्प दंशबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आफ्नै घरमा गए राति सर्पले डसी घाइते भएका आर्यनलाई प्राथमिक उपचारको लागी काली गण्डकी अस्पताल कावासोती लगेकोमा थप उपचारको लागी भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
मृतक बालकको शव अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

प्रतिक्रिया