गैँडाकोटमा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु


गैँडाकोट (नवलपरासी), २२ भदौ
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रवार साँझ सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्कर वाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो । बालककी मामा घरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनु भएको थियो ।
घाइते श्रीमायाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो । प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक प्रहरी नियन्त्रण रहेका छन् ।

प्रतिक्रिया