करेन्ट लागेर गैँडाकोटमा एक जनाको मृत्यु


मध्यविन्दु(नवलपरासी),२१ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–११ बस्ने ४६ वर्षीय तिलक खड्काको सोमबार साँझ बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर पोलबाट खसेर गम्भीर घाइते हुनु भएका खडकालाई उपचारका लागि भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया