मौलाकाली केवल कारको निर्माणाधीन भवन वाट खसेर मञ्जदुरको मृत्यु


मध्यविन्दु(नवलपरासी),१८ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकाली केवल कारको निर्माणाधीन भवन वाट खसेर एक मञ्जदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवल कार प्रा.ली. को टप स्टेसनमा रहेको निर्माणाधीन भवन को चौथो तल्ला वाट खसेर मञ्जदुरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरिक्षक सुदिप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।
दुर्घटना गए राति भएको भए पनि आज दिउँसो त्यहाँ कार्यरत अन्य कर्मचारीले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया