गैँडाकोटमा महिलाले लगाइन् आफ्नै शरीरमा आगो


गैँडाकोट । गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।

आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट २ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षिया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

श्रीमानसँग सामन्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुक्कल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाईते भएको प्रहरीले जनाएको छ ।

उनको अनुहार लगायत शरीरको माथील्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया