नवलपुरमा विषालु च्याउ खाँदा चार जना विरामी


मध्यविन्दु(नवलपरासी), १३ भदौ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा विषालु च्याउ खाएर चार जना विरामी भएका छन् ।
कावासोती नगरपालिका १४ त्रिभुवनटार स्थित सुरज पोल्ट्री फर्म रहेको बारीमा उमे्रका च्याउ पकाएर खाँदा चार जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो ।
विषालु च्याउ खाएर पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ बर्षीया पूर्णिमा परियार, २४ बर्षीया शान्ति परियार, निजका छोरी ६ बर्षीय रोशनी परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती १४ निवासी ४८ बर्षीया निलकण्ठ तिमिल्सिना विरामी परेको उहाँले बताउनु भयो ।
गएराति विरामी परेका चार जनालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा फर्म सञ्चालक तिमिल्सिनालाई पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । विरामीको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया