पोखरीमा डुवेर दुई बालकको मृत्यु


मध्यविन्दु,८ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा पोखरीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर दुई जना बालकको ज्यान गएको गैंडाकोट नगरपालिका ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनु भयो ।
मृत्युहुनेमा गैँडाकोट नगरपालिका ४ घर भएका अन्दाजी १३ वर्षका प्रतिक परियार र १५ वर्षका प्रविन श्रेष्ठ रहेको उहाँले बताउनु भयो । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् ।
दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी बरिष्ठ नायव निरीक्षक मोहन थापा क्षेत्रीले बताउनु भयो ।

प्रतिक्रिया