गैंडाको आक्रमणबाट महिलाको मृत्यु


मध्यविन्दु,८ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।
महाराजा सामुदायिक वनमा घाँस काट्न हिड्नु भएकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारि सन्तोष पाठकले कताउनु भयो । पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको देवचुली नगरपालिका १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनु भयो ।
देवचुली नगरपालिका ९ र १० मा बारम्बार गैंडाले बाली क्षति गरिरहेको र स्थानीयद्वारा निकुञ्जमा नियन्त्रणको अनुरोध गर्दा चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया