नवलपुरमा करेन्ट लागेर बाँकेका कुलदिप गुरुङको मृत्यु


मध्यविन्दु (नवलपरासी), २० जेठ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ चालिस किलो जँगलमा हाइटेन्सनको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बाके जिल्लाको नरेनापुर गाउँपालिका ४ घर भएका २४ वर्षिय कुलदिप गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएका गुरुङलाइ उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक गुरुङ रोयल कन्डक्सन कम्पनी प्रा.लि. काठमाण्डौमा कार्यरत रही हाइटेन्सनको लाइन बनाउने काममा खटिएको प्रहरी नायव उपरीक्षक पौडेलले जनकारी दिनु भयो ।

 

प्रतिक्रिया