नारायणी नदीमा उत्खनन गर्ने टिप्पर नियन्त्रणमा


गैँडाकोट , २० जेठ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन गरिरहेका सात वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गैँडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको आधारमा सात वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो ।
उहाँका अनुसार प्रहरीले नारायणी नदीबाट लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका टिप्परहरुलाई गैँडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया