कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किदा चार जना घाइते


मध्यविन्दु(नवलपरासी),८ भदौ,
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ९ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो ।
दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका .५ का २५ वर्षीया मोनिका वि.क. र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल घाइते हुनुभएको पैडेलले बताउनु भयो ।
घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसका चालक र बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया