काठमाडौंको टोखाबाट सुन कछुवासहित दुई जना पक्राउ


काठमाडौं – काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाटसशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय अम्बिर राई छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।

प्रतिक्रिया