नरेफाटबाट लागुऔषधसहित तीन जना पक्राउ


काठमाडौं – काठमाडौं महानगर–३२ नरेफाटबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएका १९ वर्षीय युवराज स्याङ्बो, २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी छन् ।

उनीहरुलाई नरेफाटस्थित धमला दूध डेरी नजिकै सडकमा लागुऔषध विक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ३ किलो ४७० ग्राम चरेश, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया