एमाले नेता कोहारको सडक दुर्घटनामा मृत्यु


विनयी त्रिवेणी, १ पुस,

नेकपा एमाले नवलपरासी(बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इन्चार्ज सुरज कुमार कोहारको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु.५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिदा ४८ वर्षीय कोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनु भयो ।

घाइते कोहारलाई उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । मृतक कोहारको शरीरमा बाहिरी चोट नदेखिएको साथै थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनु भयो ।

 

प्रतिक्रिया