पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध, पहिरो हटाउन समय लाग्ने


चितवन, भदौ ०४-
मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै पहिरोको कारण सडक अवरुद्ध भएको छ । केही बेरअघि ठुलै पहिरो  खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ । अहिले तैनाथ अवस्थामा राखिएको मेशिन पहिरो हटाउन जाँदै छ । पहिरो पन्छाउन केही समय लाग्ने सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरो ठुलो भएकाले बैकल्पिक मार्ग राज्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया