खोलामा डुवेर बालकको मृत्यु


मध्यविन्दु,६ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ८ मा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ राइसमिल घर भएका ११ वर्षीय सुगम थापाको मध्यविन्दुको गिरुवारी खोलामा पौडी खेल्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बतानउनु भयो ।
मध्यविन्दु नगरपालिका वडा नं. ८ भाग्रा स्थित मामाघरको हजुरआमाको तेह्रौदिनको पून्यतिथीमा सहभागि हुन आमाको साथमा आएका बालक सुगमको साथीहरुसँग पौडी खेल्न जाँदा खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनु भयो ।
आजविहान साढे सातबजे खोलामा डुवेका बालकलाई उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा विहान ९ वजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया