चट्याङ्ग लागेर १ जनाको मृत्यु


मध्यविन्दु,६ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान ०६ः३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका १ गोग्दी स्थीत खेतमा श्रीमान र श्रीमती दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेको हो । चट्याङ्ग लागी घाईते भई घरमा ल्याउदा सारुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पाठकले बताउनु भयो । श्रीपति सकुसल रहेको पाईएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया