त्रिवेणीमा लागुपदार्थ दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न


विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ मा लागुपदार्थ दुर्व्यसनविरुद्ध एकजुट भएर अभियान सञ्चालन गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ मा आयोजित लागुपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रममा जनप्रतिनिधि सहित स्थानीय सरोकारवालाहरुले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान सञ्चालन गर्ने जनाइएको छ ।
त्रिवेणी क्षेत्रलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले बताउनु भयो । त्रिवेणी क्षेत्र भातर संग सिमा जोडिएको नाका भएकाले वाहिरी जिल्लाका युवाहरु उल्लेख्य रुपमा लागुपदार्थ सेवनका लागि आउने जानकारी पाएको हुदाँ त्यसको नियन्त्रणका लागि ठोश कार्ययोजना वनाएर अगाडि वढिने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।
बालविवाह, बहुविवाह, बालश्रम जस्ता गैरकानूनी काम पूर्ण रुपमा निषेध गर्दै सुन्दार समाज निर्माण गर्न सबै अग्रसर हुन उहाँले आग्रह गर्नु भयो ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका इन्चार्ज प्रेम विष्टले त्रिवेणी क्षेत्रलाई मदिरा एवं दुर्व्यसन मुक्त वनाउनु भयो । त्रिवेणी क्षेत्रका विभन्न क्षेत्रका साथै भारतका केहि विशेष गाउँमा नेपाली युवाहरु लगुपदार्थ सेवनका लागि जानेगरेको हुदा त्यसको नियन्त्रणका लागि सबैले सहकार्य गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी नवजिवन पूर्नस्थापना केन्द्र मध्यविन्दु ६ का संस्थापक केशव खत्रीले लागुऔषधको प्रयोग रोकथामका लागि समुदायका सवै नागरिकको समान भुमिका रहने बताउनु भयो । लौगुऔषध प्रयोग कर्तालाई अपराधी जस्तो व्यवहार गरिनाले सुधार हुन चाहाने प्रयोग कर्ता समाज देखि डराएको खत्रीले बताउनु भयो । नवजिवन पूर्नस्थापना केन्द्र मा अहिले विभिन्न उमेर समुहका व्यक्तिहरु सुधारका लागि आउने गर्नु भएकाले समाजमा जनचेतना संगै सहकार्यको आवश्यकता रहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा वरिष्ठ पत्रकार आरपी उपाध्याय, वडा सदस्य शोभा कार्की, पत्रकार विष्णु गौडेल लगाएतकाले बोल्नु भएको थियो । विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ को आयोजना, मध्यविन्दु सञ्चार सेवाको संयोजन एवं नवजिवन पूर्नस्थापना केन्द्र मध्यविन्दु ६ को सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा स्थानीय युवा एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया