चाेरीका घटनामा बृद्दि


काठमाडौं – चाडपर्व नजिकिएसँगै चाेरीका घटनामा बृद्दि भएकाे छ ।  ललितपुर, ललितपुर महानगरपालिका-१७ बाफल डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएकी ४० वर्षीया लक्ष्मी लामिछानेको कोठाबाट करिब ४ लाख ७५ हजार मूल्य बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक थापा पाटी प्यालेस नजिक बस्ने मनिष सिल्पकारको कोठाबाट नगद ९० हजार रुपैयाँ समेत गरी करिब ३ लाख १२ हजार मूल्य बराबरको विभिन्न धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ बस्ने मन कुमार लिम्बु घरबाट नगद २ लाख ६० हजार रुपैयाँ र १० तोला सुन बिहीबार चोरी भएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया