सुर्खेतमा जिप पल्टिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते


काठमाण्डौ – सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा उद्धारको काम भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया