नारायणी नदीमा डुबेर गैँडाकोटका सुनिल राना मगरको मृत्यु 


मध्यविन्दु (नवलपरासी),१७ जेठ ,
नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका १४ बेलटाडीँ घर भएका २८ वर्षीय सुनिल राना मगरको नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
बुधवार नारायणी नदीमा माछा मार्न गएका मगर राति अबेर सम्म पनि घर नआए पछि खोजी गर्दा आज बिहान गैँडाकोट नगरपालिका १६ दोभानघाट स्थित नारायणी नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
मृतक छारे रोगको बिरामी भई नियमित रूपमा औषधी सेवन समेत गर्ने गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया