धनगढीमा लागु औषधसहित ५ जना पक्राउ


कैलाली – लागुऔषधसहित धनगढीका ५ जना पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर–५ बस्ने ३० वर्षीय नरेन्द्र स्वाँर, वडा नम्बर २ मिलनचोक बस्ने २८ वर्षीय सचिव गुरुङ, वडा नम्बर २ मै बस्ने ३१ वर्षीय सन्तोष भट्ट, वडा नम्बर १३ कैलाली गाउँ बस्ने २० वर्षीय नरेश चौधरी, सोही ठाउँका १६ वर्षीय देवराज राना र कैलालीको लम्कीचुहा नगरपालिका–१० बस्ने ३२ वर्षीय दिपेन्द्र स्वाँर पक्राउ परेका हुन्।

कैलालीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ आनन्दबजारबाट उनीहरु पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतमा रहेको आपताल र कंकडबाट खटिएको टोलीले उनीहरुलाई मोटरसाइकल र पैदल सवार भइरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्रले प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २ थान मोटरसाइकल, मोवाईल र नगदपनि नियन्त्रण गरी पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

प्रतिक्रिया