चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते


बैतडी – बैतडीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलासैनी–३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दिपक महर रहेका छन् । सोमबार साँझ कबिर ६ बजेतिर डिलासैनी गाउँपालिका–७ धामीगाउँबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले भैंसी समेत मरेको स्थानीय मनिराम भुलले बताए ।

घटनाको बिषयमा जानकारी आएपछि गोकुलेश्वर प्रहरी चौकीबाट अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

प्रतिक्रिया