बाजुराका खगेन्द्र धामीको पठनपाठन सुनिश्चित


काठमाडौँ । हिजोआज सामाजिक सञ्जालमा आउने फोटो वा भिडिओकुन कतिबेला विश्वभर पुग्छ भन्ने थाहै हुँदैन । 

केही दिनदेखि सामाजिक सञ्जालमार्फत यस्तै एउटा भिडिओ भाइरल बन्योजहाँ एक हुल बालबालिकालाई शैक्षिक सामग्री वितरण भइरहेको हुन्छ ।

त्यसै लहरमा एक बालक पनि अघि बढ्छन् जसको छाती पूरै लुगाले छोपिएको हुँदैन । कापीकलम पाएपछि उनको मुहारमा चमक देखिन्छ तर धेरैको नजर ती बालकले शरीर ढाक्ने गरी लुगा लगाउन नपाएकोमा पुग्छ । 

टिकटकफेसबुकट्विटरमा धेरैले ती बालकको बारेमा चासो राख्दै फोटो र भिडिओ राखेपछि उनको पठनपाठन र खाने अनि बस्ने व्यवस्थाको टुट्गो लागेको बाजुराका पत्रकार प्रकाश सिंहले जानकारी दिनुभएको छ । 

 भाइरल बालक बाजुरा बडिमालिका ७ का खगेन्द्र धामी हुन् । २०७३ सालमा जन्मेका उनले बुवाआमाको माया पर्याप्त पाएनन् । 

२०७४ सालमा बुवाको निधन भयो भने २०७७ सालमा आमाले अर्को विहे गरेपछि खगेन्द्र एक्ला भए । रिपोर्टिङको क्रममा पुग्दा पत्रकार सिंहले उक्त भिडिओ खिच्नुभयो र सामाजिक सञ्चालमा राख्नुभयो ।  

भिडिओ राखेको केही दिनमै खगेन्द्रको पठनपाठनबसोबासको जिम्मा लिन चाहानेहरु बढेका छन् ।

पत्रकार प्रकाश सिंहका अनुसार तुलसादेवी हरिहर फाउन्डेसन ललितपुरले खगेन्द्रको पठनपाठनपालनपोषण गर्ने गरी बडीमालिका नगरपालिकासँग समन्वय गरिरहेको छ । 

अमेरिका बस्नेहेमाश्रीले खग्रेन्द्रको पठनपाठनमा आर्थिक सहयोग गर्ने जानकारी गराएको उहाँले बताउनुभयो । 

खग्रेन्द्रका लागि हेमाश्रीसशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापातनहुँका सङ्गम घर्तीखगेन्द्र बोगटीलगायतबाट ८ हजारभन्दा धेरै रकम प्राप्त भएपछि खगेन्द्रले लुगाकपडाझोला किनेको भिडिओ पनि पत्रकार सिंहले सामाजिक सञ्जालमा राख्नुभएको छ । 

हामिले कुनै भाइरल हुनलाई भिडिओ खिचेको हैनउनको अवस्था निकै दयनीय पाएपछि भिडिओ  लिएका थियौँ । यो अवस्था हुनुमा उनको दोष हैन। उनलाई आमाबुवाको माया ममता के हो थाहा छैन् ।” पत्रकार सिंहले लेख्नुभएको छ ।

प्रतिक्रिया