बैतडीमा जिप दुर्घटना हुदा ४ जना प्रहरीको मृत्यु


बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुदा ४ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान करिब ७ बजेको समयमा बैतडीबाट पाटनतर्फ आउदै गरेको १ ज ८५४ नं जिप पाटन नगरपालिका ४ थूम भन्ने स्थानमा दुर्घटना हुदा ४ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका सत्बाज प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए । अन्य चालकसमित ८ जना घाइते भएको उनले बताए । मृत ३ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्र बहादुर थापा मगर, प्रहरी जवान रमेश साउँद र सहायक हवल्दार अर्जुन कठायत रहेका छन् । एक जना प्रहरी दुर्घटनाग्रस्त जिपमुनी शवरहेको र निकाल्ने प्रयास भइरहेको पनि उनले बताए । यसैगरी जिप दुर्घटनामापरी घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनिहरुलाई निर्वाचनका लागि बैतडी खटाएको थियो ।

प्रतिक्रिया