कावासोतीमा ट्रक पल्टदा १७ वटा भैँसी/पाडाको मरे


मध्यविन्दु,१२ भदौ ,
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती १६ चालिसकिलोमा भैँसी/पाडा लोड गरि ल्याउदै गरेको ट्रक पल्टिदा १७ वटा भैँसी/पाडा मरेका छन् ।
कपिलवस्तुको बहादुरगन्जबाट काठमाडौँको आउँदै गरेको ना ४ ख ९२२७ नं को ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरेका ३६ वटा भैँसी/पाडा मध्य १७ वटा भंँसी/पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो ।
दुर्घटनामा मानीय क्षेती नभएको र ट्रकमा रहेका १९ वटा भैँसी/पाडा जिबितै रहेको उहाँले बताउनु भयो । मृत्यु भएका भैँसी/पाडाहरुको खाल्टो खनी ब्यबस्थापन गर्ने तर्फ स्थानीय निकाय संग समन्वय भईरहेको जनाइएको छ ।

प्रतिक्रिया