नवलपुरको ग्रामीण पहाडी सडक अवरुद्ध


बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै नवलपुरको ग्रामीण पहाडी सडक अवरुद्ध छ । दलदले, कावासोतीबाट पहाड जाने र उत्तरवाट दक्षिणतर्फ आउने गाडीहरु रोकिएका छन् ।
कुमसोतदेखि पोखरी खण्डमा दर्जनौ स्थानमा पहिरो, भीरपट्टि भासिने, भिरालो कच्ची बाटोमै भल बगेर गेग्रान पर्दा पोखरी–कुमसोत खण्ड प्रभावित बनेको हो । कुमसोतदेखि अधेरी खोल्सीसम्म करीव ८ सय मिटर जति देवचुली नगरपालिका क्षेत्रमा धेरै क्षति नभएपनि अधेरी खोल्सी, पाङ्ग्रे हुदै पोखरीसम्मको हुप्सेकोट गाउँपालिकाको खण्ड बाटो धेरै क्षति भएको छ ।
पानी परिरहेको र पहिरो झरिरहेका कारण तत्काल अवरुद्ध बाटो खोल्ने पहल गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
मुग्लिनमा सडक अवरुद्ध हुँदाको प्रभावका कारण गैंडाकोटमा रोकिएका सवारी साधनका कारण ट्राफिक ब्यवस्थापनमा प्रहरी जनशक्ति परिचालन गर्नुपरेको छ । यद्यपि गैंडाकोट–दाउन्ने खण्ड सुचारु छ ।
यस्तै, गैंडाकोटबाट कालीगण्डकी करिडोर हुँदै जाने बाटो सञ्चालनमा रहेको प्रहरीले अपडेट गराएको छ ।

प्रतिक्रिया