कावासोतीमा तोकियो ट्याक्टरको भाडादर


कावासोती । नवलपुरको कावासोतीमा ट्याक्टरको भाडादर तोकिएको छ । वर्षाको समयमा खेत जोत्ने काम धेरै हुने र फरक फरक मूल्य हुँदा समस्या देखिएकाले नगरपालिकाको पहलमा ट्याक्टरको भाडादर कायम गरिएको नगरपालिकाका प्रवक्ता डोरमान गिरीले बताउनुभयो ।
कावासोती नगरपालिकामा आज नगर उप प्रमुख फूलकुमारी थनेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर भण्डारी, कृषि शाखाका प्रतिनिधि सहित , ट्याक्टर व्यवसायी समिति ,उपभोक्ता हकहित संरक्षण मञ्च ,किसान महासङ्घका प्रतिनिधि लगायतको उपस्थितिमा ट्याक्टरको भाडादर कायम गरिएको प्रवक्ता गिरीले बताउनुभयो । आज बसेको बैठकले कावासोती नगरपालिका भित्र ट्याक्टरले खेत जोत्दा  कल्टीको प्रतिघण्टा २ हजार ४ सय र रोडाभेटरको दुई हजार ६ सय मूल्य कायम गरिएको प्रवक्ता गिरीले बताउनुभयो । भोलिबाट तोकिएको दररेट कार्यान्वयन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया