अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन


तनहुँ- पहिराेका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिराे खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिराे हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिराे पन्छाइएको खाँणले बताए ।

प्रतिक्रिया