दुर्घटनामा बालकको मृत्यु


मध्यविन्दु,१६ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गएराति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
गए राति जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ४ देउराली–सर्दी भित्री सडकखण्ड मा ट्याक्टर दुर्घटना हुदा विनयी त्रिवेणी ४ निवासी १३ बर्षीय बालक बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।


दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको लु ४ त ३०४६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाईते भएकोमा क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका थप दुई जनाको उपचार भईरहेको सुचना अधिकारी पाठकले बताउनु भयो ।

प्रतिक्रिया