प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटबल प्रतियोगिता सुरु


कावासोती, अठ्ठाईस विगाहा युवा क्लवको आयोजनामा प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटबल प्रतियागिता–२०८० सुरु भएको छ । सोमवार भएको उद्घाटन खेलमा भगवति युवा क्लव कावासोती ७ विजयी भएको छ । भानु युथ एकेडेमी कावासोती ३ लाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै भगवति युवा क्लव कावासोती ७ ले विजयी सुरुवात गरेको हो । भगवति एकता युवा क्लवका खेलाडी रोशन राना मगर उद्घाटन खेलमा म्यान अफ दि म्याच बनेका थिए ।


प्रतियोगिता अन्तर्गत मंगलवारको पहिलो खेल रजहर युनाइटेड क्लब र युनाइटेड युवा कल्ब गिरुबारि विच हुने छ भने दोस्रो खेल कावासोती–४ हसौरा र नमुना युवा कल्ब कावासोती बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सोमवार एक औपाचारीका कार्यक्रमका विच समुद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा कावासोती नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष डोरमान गिरी , सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. का प्रिन्सीपल यज्ञविलाश पौडेल, नवलपुर फुटवल संघका अध्यक्ष सेतमान पुन लगाएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटवल प्रतियोगिता २०८० मा प्रथम हुने टिमले नगद रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपबिजेता टिमले नगद रु ६६ हजार छ सय ६६ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।


प्रथम सेन्ट्रल कलेज कावासोती फुटबल प्रतियोगिता २०८० को मुख्य प्रायोजक अस्ट्रेलिया,जापान,क्यानडा,कोरिया,युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ । प्रतियोगिताको अफिसियल मिडियामा निष्कर्ष डट कम, गण्डकी आज र नारायणी अनलाइन रहेका छन् ।

प्रतिक्रिया