युनाइटेड गोल्डकपको उपाधि रडस रामपुरलाई


कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाइटेड गोल्डकपको उपाधि रडस रामपुर चितवनले जितेको छ । वर्षाले प्रभावित फाईनल खेलमा वातासिनो योङ्गस्टार कावासोतीलाई १-० गोलले पराजित गर्दै रडस रामपुरले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको हो ।

पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफको १२ औं मिनेटमा समिप ढकालले रडस रामपुरका लागि गरेको गोल नै निर्णायक भएको हो । यो सँगै रडस रामपुरले ट्रफी सहित नगद २ लाख ५० हजार जितेको छ भने उपविजेता वातासिनो कावासोतीले ट्रफी सहित १ लाख ५० हजार हात पारेको छ ।

यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी वातासिनो योङ्गस्टार कावासोतीका प्रकाश पुन, सर्वाधिक गोलकर्ता प्रतियोगितामा ६ गोल गरेका रडस रामपुरका अनिल राना मगर र प्रतियोगिताको अनुशासित टिम एभरेस्ट क्लब चितवनले जनही ८/८ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेका छ्न ।

प्रतियोगिताको विजयी टिमलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ, हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्णसिंह रानाले पुरस्कार वितरण गरेका थिए । भाद्र १४ गते सुरु भएको प्रतियोगिताको समापनमा सम्बोधन गर्दै युनाईटेड युवा क्लबका अध्यक्ष हरि थापाले गोल्ड कपको ३९ औं संस्करण आयोजना गर्ने घोषणा गरेका छन ।

प्रतिक्रिया