नेपाल कारखाना श्रमिक सङ्घको प्रथम राष्ट्रिय महिला सम्मेलन देवचुलीमा सम्पन्न


देवचुली, नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध रहेको नेपाल कारखाना श्रमिक सङ्घको प्रथम राष्ट्रिय महिला सम्मेलन देवचुलीमा सम्पन्न भएको छ ।

शनिवार दलदलेमा आयोजित सम्मेलनमा नेपाल कारखाना श्रमिक सङ्घका उपाध्यक्ष एवम् नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सविता रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री एवम् नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जी.सिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल कारखाना श्रमिक सङ्घ नेपाल अधिराज्यभरमा रहेका विभिन्न कलकारखाना वा उद्योगहरूमा कार्यरत महिलाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका मन्त्री जी.सिले श्रमिक महिलाहरूको आत्मसम्मान र पहिचानसहितको श्रम अधिकारको नीतिगत र कार्यान्वयन रूपमा संस्थागत गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउँदै श्रमिक महिलाहरूको पहिचानका लागि अभिलेखीकरण प्रणालीको व्यवस्था गर्न राज्यलाई ध्यानाकर्षण गराउने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचेतक पूर्व माननीय ओमकला गौतम, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष राधिका कुइँकेल, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष ललिता श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सचिव सुशीला घिमिरे, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सिता ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, नेपाल कारखाना श्रमिकका अध्यक्ष अमृतलाल जोशी, नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति संयोजक प्रमीला ढुङ्गाना लम्साल, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाली काँग्रेस देवचुली नगर समितिका सभापति डिल्लीराम कडरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै देशको बदलिँदो सामाजिक र राजनीति परिस्थितिमा घरभित्र मात्रै नभई घरबाहिर पनि महिलालाई सम्मान तवरले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।

नेपाल कारखाना श्रमिक सङ्घको प्रथम राष्ट्रिय महिला सम्मेलनबाट नयाँ समिति चयन गरेको छ । सम्मेलनले अध्यक्षमा मोरङकी द्रौपती रायलाई चयन गरेको छ । यसै गरी उपाध्यक्षमा लीला कुमारी सिंह राना रुपन्देही, सचिव कल्पना खड्का, सह–सचिवमा सरिता घिमिरे, कोषाध्यक्षमा रिता थापा क्षेत्री, सदस्यमा सुनिता बजगाईँ, उषा रावल क्षेत्री, सरिता रानी थारु, किरण राना, बिनु हमाल र सविना चौधरी सुनसरीलाई चयन गरिएको छ ।

सम्मेलनबाट नेपाल कारखाना श्रमिक सङ्घ लैङ्गिक नीति समेत पारित गरिएको छ । कार्यक्रम धनु भुसालले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया