युनाईटेड गोल्ड कप : पहिलो चरणको तेस्रो खेलमा १ का विरुद्ध ६ गोलले रड्स रामपुर विजयी


हुप्सेकोट (नवलपरासी), १६ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गिरुवारीमा जारी ३८ औँ युनाईटेड गोल्ड कपको आजको खेलमा रड्स रामपुर चितवन विजयी भएको छ । नवज्योति युवा क्लब हसौरालाई १ का विरुद्ध ६ गोलले पराजित गर्दै रड्स रामपुर गोल्ड कपको दोस्रो चरणमा प्रवेश गरेको हो ।
रड्स रामपुरले खेलको पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको हो । रड्स रामपुरका लागि जर्सी नम्बर ७ लगाएर खेल्ने अनिल मगर एक्लैले ३ गोल गरेका थिए ।
सोमबार देवचुली युवा तथा खेलकुद विकास समिति देवचुली नगरपालिका सङ्ग नमुना युवा क्लब पश्चिम टोलले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले एक लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद आठ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया