युनाईटेड गोल्डकप : फराकिलो जित सँगै रडस रामपुर फाईनलमा


कावासोती । रडस रामपुर हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ । भेडाबारी युवा क्लबलाई ५-१ गोल को फराकिलो अन्तरले हराउँदै रडस रामपुर प्रतियोगिताको ३८ औं संस्करणको फाईनलमा पुगेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि वातासिनो योङ्ग स्टार कावासोती र एभरेस्ट युवा क्लब चितवन भिडने छ्न । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ । ।

प्रतिक्रिया