नवलपरासी पूर्वमा ६६ प्रतिशत मत खस्यो


प्रतिनिधिसभा र प्रदेशसभाको आज भएको निर्वाचनमा नवलपुरमा ६६ दशमलब ४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।
महिला ९६ हजार ६८० , पुरुष ७६ हजार ५०० र अन्य १ गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको उहाँले बताउनुभयो । जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्र मध्य देवचुली –४ ,मा रहेको मतदान केन्द्रमा मतपेटीकामा आगजनीको घटना भएको छ । यस बाहेकका अन्य स्थानमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो ।
दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएपछि मतपेटिका ल्याउन सुरु गरिएको छ । राजमार्ग आसपासका मतपेटिका आउने समय नलाग्ने भएपनि पहाडी क्षेत्रका मतपेटिका राति १२ बजेसम्ममा आइपुग्ने प्रमुख भुसालले बताउनुभयो ।
मतपेटिका मतगणनाको तयारी गरिएको कुमारवर्ती बहुमुखी क्याम्पसमा राखिने छ । सबै मतपेटिका आएपछि मतगणना कतिबेला सुरु गर्ने भन्ने बारेमा निर्णय हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया