मदारबाबा मेला गएर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु


मध्यविन्दु (नवलपरासी),१९ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा जारी मदारबाबा मेला गएर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनय त्रिवेणी गाउँपालिका–६ मा रहेको मदारथान पुगेर फर्कँदै गरेका भारत उत्तर प्रदेशका ३८ वर्षीय पंकज कुमार कुशहवा खैरेनी जङ्गलमा अचेत भई ढलेकोमा उपचारको क्रममा आज साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक साजन कुमार शर्माका अनुसार मदार बाबा पूजा गरी फर्कने क्रममा भिर वाट लडी अचेत अवस्थामा उद्धार गरिएका कुशहवाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा आज साँझ मृत्यु भएको हो ।

यही फागुन १७ गते देखि सुरु भएको मेला २७ गते सम्म सञ्चालन हुने छ । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनहरूको घुइँचो लागेको छ ।
बाक्लो भिडका कारण मदार थान सम्म जान उकालो पहाड चढ्नु पर्छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सुस्ता महलबारी देखि बाबाको मुख्य मजार सम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब दश लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ ।
मदार बाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठानको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दुहरूले वर्षौँदेखि पूजा गर्दे आएका छन् । त्यसैले यसलाई हिन्दु र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया