चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने


काठमाडौं, चैत १० गते । फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार (पर्सी) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।

ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ग्रहण नेपालबाट देख्न सकिँदैन, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ ।”  नेपालबाट नदेखिने भएका कारण यसबारेमा आफूहरूले थप अध्ययन नगरेको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अवधि पनि नलाग्ने बताउनुभयो । उहाँका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन ।

प्रतिक्रिया