नेपाल विज्ञान शिक्षक समाज(STAN) नवलपुरको नयाँ कार्य समिति चयन  


कावासोती, १० चैत, 
नेपाल विज्ञान शिक्षक समाज नवलपुरको प्रथम अधिवेशनले मोहन भण्डारीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार शिव नमुना मावि कावासोतीमा सम्पन्न भएको Science Teachers’ Association Of Nepal-STAN NAWALPUR  को प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक बहादुर विष्ट, कोषाध्यक्षमा पुष्पा कँडेल, सचिव प्रकाश भण्डारी, सहसचिव नरेश कोहार चयन हुनु भएको हो ।  त्यसै गरी सदस्यहरूमा दिपक ढुङ्गाना(गैँडाकोट), यमनाथ गौतम(देवचुली), केशव अधिकारी(कावासोती), गँगाप्रसाद अधिकारी(मध्यविन्दु), अर्जुन गौतम (विनयी त्रिवेणी), सन्देश न्यौपाने(बौदीकाली) रहनु भएको छ ।
अधिवेशनको उद्घाटन नेपाल विज्ञान शिक्षक समाजका केन्द्रीय सदस्य एवम् नवजागरण मावि चोरमारका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम् तदर्थ समितिका अध्यक्ष विष्णुप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी,नेपाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका सदस्य एवम् प्रवक्ता राजीव पण्डित,शिव मावि कावासोतीका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेल, अमर ज्योति मावि गैँडाकोटका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, जनज्योति मावि प्रगतिनगरका प्रधानाध्यापक मीन बहादुर दाहाल,सकला देवी माविका प्रधानाध्यापक लक्ष्मी शिवाकोटी, गणित शिक्षा परिषद् नवलपुर अध्यक्ष होमनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया