गाँजासहित सिटी चालक पक्राउ


मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका–७ बाट एक सिटी रिक्सा चालक लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । धनकुट्टा शहिद भूमी गाउँपालिका–५ घर भई मोरङ सुन्दरहरैचा नगरपालिका ५ मा बस्ने २४ वर्षीय इमान राई ७ केजी नौ सय ८४ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

चालक इमानलाई सोमबार साँझ पुर्वपश्चिम राजमार्गमा को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा राखिएको लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।

प्रदेश–१ को पहाडी जिल्ला धनकुटामा अबैध रुपमा गाँजा खेती हुने गरेको छ । त्यहाँ उत्पादन भएको गाँजा तस्करी गरेर भारततर्फ लैजाने गरिएको छ ।

प्रतिक्रिया