कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव भेटियो


मध्यविन्दु (नवलपरासी), ११ मङ्सिर
नवलपरासी(बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ ।
गैँडाकोट नगरपालिका–३ घोक्रे फाँट स्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनु भयो ।
मृतक कुमाल गत कात्तिक २७ गते एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलवार कालीगण्डकी नदी किनारमा शव भेटिएको प्रहरी निरीक्षक नरालले बताउनु भयो ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया