देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु 


देवचुली,११ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका १४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अनुसार देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल ‍एण्ड ‍एलेन पेट्रोल पम्पबाट वाल्मीकि आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो । शुक्रवार राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते कावासोती ११ कुँडौली निवासी २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।
घाइते चौधरीको देवचुली अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाएको थियो । उनको राति ९ः१० बजे निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया