ऋण नतिरी उल्टै अपहरणको अफवाह फैलाउने व्यक्ती नवलपुरमा पक्राउ


कावासोती ,आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै प्रहरीलाई झुटो विवरण दिने एक युवकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका-१७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारीले प्रहरीलाई गलत सूचना दिएर झुक्याएको आरोपमा पक्राउ परेका हुन् । अधिकारीले कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए ।

भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको भन्दै झुटो विवरणसहित प्रहरीमा निबेदन दिएका थिए । भाकामा रकम नतिरेपछि मल्लिका दाहाल पैसा लिन अधिकारीको घरमा आएकी थिइन् ।

घरमा आएकी दाहालले आफूलाई अपहरण गरेको भन्दै अधिकारीले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा दाहाललाई कारबाही गरिपाउ भन्दै निबेदन दर्ता गराएका थिए । दाहालले आफूलाई मिटर ब्याजमा पैसा लगानी गरेको र त्यो शर्तअनुसार तिर्न नसक्दा अपहरण गरेको भन्ने आरोप लगाउँदै प्रहरीमा उजरी दिएका थिए ।

अनुसन्धानका क्रममा अनुचित ब्याज मागेको नपाइएको र अपहरणको कुनै हर्कत दाहालले नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा दाहाललाई अधिकारीले नबिल बैंकको चेक दिएका थिए । तोकिएको समयमा चेक नसाँटिएपछि दाहाललले बैंकिङ कसुरमा चेक अनादरको कागजात बनाएकी थिइन् ।

रकम नभएको चेक दिएको र नसाँटिएपछि उल्टै मिटर ब्याजमा लगाएको आरोपमा प्रहरीले दाहालबिरुद्ध अधिकारीले दिएको मुद्धा दर्ता गरेको थियो । अनुसन्धानका क्रममा मिटर ब्याजमा रकम लगानी गरेको पुष्टि नभएको र अधिकारीलाई अपहरणको प्रयास भएको भन्ने बिबरण झुठा ठहरीएकाले पक्राउ गरेर प्रहरीलाई ढाटेको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।

मिटर ब्याजमा रकम दिएको भन्ने कहिकतैवाट पनि पुष्टि हुने सानो आधारपनि छैन र बन्धक बनाएको पनि भेटिदैन । रकम तिर्नपर्ने बहानामा बढी बाठो बनेर प्रहरीलाई समेत झुठा बिबरण दिएको प्रमाणका आधारमा अधिकारीलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको पौडेलले बताए ।

प्रतिक्रिया