विनयी त्रिवेणीको सर्दीमा प्रहरी चौकी भवन शिलान्यास
विनयी त्रिवेणी,२४ कात्तिक
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ स्थित सालघारी सर्दीमा प्रहरी चौकी भवन शिलान्यास गरिएको छ ।
प्रहरी चौकी भवनको शुक्रवार विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जनताको शान्ति सुरक्षा र ज्युधनको रक्षाका लागि गाउँपालिकाको लगानीमा प्रहरी चौकी बनाउन लागिएको बताउनु भयो ।
समाजमा हुने गैरकानुनी कृयाकलाप रोकथामका लागि प्रहरी निगरानी आवश्यक रहेको हुदा स्थायीरुपमा प्रहरी चौकी आवश्यक परेकाले भवन बनाउन लागिएको अध्यक्ष गिरीले बताउनु भयो । प्रहरी चौकी भवन निर्माणका लागि विनयी त्रिवेणी गाउँपालिकाको चालु आर्थिक वर्षको नीति कार्यक्रम एवम् बजेटमा १५ लाख रकम विनियोजन गरिएको उहाँले बताउनु भयो ।
प्रहरी चौकी भवन शिलान्यास कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्री , वडा नम्बर ४ का वडा अध्यक्ष शाहील श्रेष्ठ, प्रहरी निरीक्षक पदम थापा , भवन निर्माण समितिका अध्यक्ष रामु न्यौपाने सहित स्थानीयको उपस्थिति रहेको संगम गिरीले जानकारी दिनु भयो ।